
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । बिहीवार नेप्सेको स्पेशल प्रि ओपन सेसनमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको पहिलो कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १३० रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज प्रदान गरेको थियो।
कम्पनीको पछिल्लो आर्थिक वर्षको परिस्कृत वित्तीय विवरण अनुसारको नेटवर्थदेखि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेञ्ज तोन्ने गर्दछ ।
कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको १५ लाख कित्ता, आयोजना प्रभावितलाई निष्कासन गरेको ५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३० लाख कित्ता सेयर नेप्सेमा सुचिकृत गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij