
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । आज सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले मंगलबार गोला प्रथामार्फत गरेको आईपीओ बाँडफाँटमा ६७ हजार ५८ जनालाई सेयर परेका छन् । जसमध्ये ६ जनाले ११-११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासहित ७ लाख २१ हजार ६० कित्ता सेयर आईपीओमा निष्कासन गरेको गरेको थियो ।
यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारणमा आह्वान गरेको थियो ।
कम्पनीको आईपीओका लागि कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार १०४ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।
कुल आवेदनमध्ये झण्डै ५ प्रतिशतले मात्र कम्पनीको सेयर हात पारेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij