Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

गठबन्धन दलले एउटै चिन्हबाट चुनाव लड्न पाउने

गठबन्धन दलले एउटै चिन्हबाट चुनाव लड्न पाउने

  • काठमाडौँ ।  निर्वाचन आयोगले चुनावमा गठबन्ध दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम उक्त व्यवस्था गरेको हो। 

    images
    images
    images

    'दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रायोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१३ बमोजिमको ढाँचामा दिनुपर्ने व्यवस्था गरिएको छ,' आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    images

    त्यस्तो दल दर्ताको लागि निवेदन दिँदा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र प्रतिबद्धतापत्र समेत पेस गर्नुपर्ने आयोगले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij