Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

वैदेशिक रोजगारको प्रलोभन दिँदै ठग्ने महिला पक्राउ

वैदेशिक रोजगारको प्रलोभन दिँदै ठग्ने महिला पक्राउ

  • काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिँदै सर्वसाधारण ठग्ने कार्यमा महिलाहरु पनि देखिएका छन् । त्यस्तै, प्रलोभनमा ठग्दै हिँडेकी महिला पक्राउ परेकी छन् ।

    images
    images
    images

    खोटाङ घर भई हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने माया बस्नेत थापालाई प्रहरीले ललितपुरको बङ्गलामुखीबाट पक्रेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो बेलुकी नियन्त्रणमा लिएको हो ।

    यसअघि उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिइन् । बैकिङ कसूर मुद्दामा उनीविरुद्ध ९० लाख रुपैंया बिगो रकम दाबी गरिएको छ ।

    भरतमणि घर्तीमगर लगायतलाई वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा ठगेको उजुरी उनीविरुद्ध वैदेशिक रोजगार विभागमा परेको थियो । त्यसपछि पक्राउ पुर्जी जारी भएको हो ।

    उनलाई आवश्यक कारबाही र अनुसन्धानका लागि प्रहरी वृत्त, बालाजु पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij