
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौँ । छ सय ६० जना नयाँ भन्सार एजेन्ट थपिएका छन् । भन्सार विभागले लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर आज नयाँ एजेन्ट थपको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
विभागले बुधबार निर्णय गरेर लिखित प्रतिस्पर्धामा सहभागी ८५७ जनामध्येबाट मौखिक अन्तर्वार्तामा उत्तीर्ण एजेन्टको अन्तिम नामावाली सर्वाजनिक गरेको हो । गत वैशाख १७ गते लोकसेवा आयोगमार्फत ८५७ जना लिखित परीक्षामा सहभागी भएका थिए ।
लिखित परीक्षामा सहभागीमध्येबाट यही असार ५ गतेदेखि १३ गतेसम्म मौखिक अन्तर्वार्ता सञ्चालन भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij