
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ। देशका विभिन्न ठाउँको हवाई सेवा आज प्रभावित भएको छ । भारी वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्रै हवाई उडान भइरहेको स्रोतको भनाइ छ । अन्य विमानस्थल भने खुला रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij