
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ। सन सिल्क स्याम्पुको झोलमा लुकाई ल्याएको १०० ग्राम सुन बरामद भएको छ ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सलाम एयरवेजको उडान नं। ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो।
भन्सार कार्यालयका अनुसार सिराहाका निरन्जन कुमार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाई ल्याएका थिए । भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij