Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

 राप्रपाद्वारा जनजीविकाका आन्दोलनलाई निरन्तरता दिने निर्णय

 राप्रपाद्वारा जनजीविकाका आन्दोलनलाई निरन्तरता दिने निर्णय

  •  काठमाडौँ । राप्रपाले जनजीविकाका आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ।

    onlinepatrika
    Arghakhachi

    खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मल उपलब्ध हुन नसकेको भन्दै राप्रपाले तत्काल मल व्यवस्थापन गर्न सरकारसँग मागसमेत गरेको छ। राप्रपाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने भएको छ।

    AGNI GROUP

    यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने मागसमेत राप्रपाको छ। असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बीमा लगायतका मागसहित श्रममन्त्रीलाई ज्ञापन पत्र पेश गर्ने निर्णयसमेत भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा असार २४ गते धर्ना दिने र कोणसभा गर्ने निर्णय पनि राप्रपाको छ।

    यस्तै असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा जनक शिक्षा सामग्री केन्द्र र कक्षा १२ सम्मको शिक्षालाई निस्शुल्क हुने व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र र धर्ना  दिने कार्यक्रम रहेको छ।

    असार ३१ मा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसाविरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij