
Jun 22 2025 | २०८२, असार ८ गते
ललितपुर। बागमती गाऊपालिकाको नवनिर्वाचित उपाध्यक्ष , वडा अध्यक्ष , वडा सदस्यले सपथ खानु भएको छ । आजै उहाँहरुले कार्यभार सम्हाल्नु भएको हाे । कार्यभार सम्हाल्दैं उहाँहरुले महत्त्वपूर्ण निर्णय गर्नु भएको छ ।
१. आगामि आर्थिक बर्ष देखि बालबिकास सहजकर्ता र बिधालय कर्मचारीको तलब संघिय सरकारले तोकिए बमोजिम ब्यबस्थापन गरिने छ । २. पालिका भित्र का सम्पूर्ण सुत्केरी महिला लाई एम्बुलेन्स सेवा नि शुल्क ब्यबस्थापन गरिने छ । ३. पालिका भित्रका महत्त्वपूर्ण पर्यटकिय क्षेत्रको विशेष बिकासको लागि महत्त्वपूर्ण कार्यक्रम ल्याईने छ । ४. सुत्केरी महिला लाई सुत्केरी स्याहार भत्ता दुई हजार ब्यबस्थापन गरिने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij