
May 21 2025 | २०८२, जेठ ७ गते
ललितपुर । ललितपुर महानगरपालिकाको मेयरको प्रत्यासी कांग्रेसका चिरिबाबु महर्जनले उनको प्रतिस्पर्धी एमालेका मेयरको उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारलाई फराकिलो मतान्तरले पछि पारेका छन् । यो समाचार तयार पार्दासम्म महर्जनले ७ हजार ६ सय २६ मतान्तरले ब्यञ्जकारलाई पछि पारेका छन् ।
त्यस्तै उपमेयरमा भने एमालेकी मञ्जली शाक्य बज्राचार्यले अग्रता लिइरहेकी छन् । उनले माओवादीको उम्मेदवार बाबुराजा बज्राचार्यलाई १ हजार ६ सय २७ को मन्तारमा पछि पार्दै अग्रता कायम गरेकी छन् ।
निर्वाचान आयोका अनुसार अहिलेसम्म महानगरको ८ वटा वडाको मत गणना सम्पन्न भएको छ । ८ वडामध्ये ४ वटा वडा कांग्रेसको उम्मेदवार विजयी भएका छन् । २ वटा वडामा नेकपा एकीकृत समावजादी र १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । १ वडामा एमाले विजयी भएका छन् । ललितपुर महानगरमा २९ वडा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij