
May 21 2025 | २०८२, जेठ ७ गते
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा बागी उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएको छन् । नेपाली कांग्रेसको गढ मानिएको उक्त नगरपालिकामा कांग्रेसकै बागी उम्मेदवार कठायतले २४ सय ३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पदमबहादुर शाहीले २३ सय ४१ मत ल्याए। त्यस्तै नेकपा एमालेका धेवेन्द्र रोकायाले १५ सय ७० मत ल्याए। जुम्लामा जम्मा ११ हजार ९८ मत खसेको थियो। जसमा ५ मत बदर भएको थियो। कठायत २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ मा पराजित भएका थिए।
त्यसपछि मेयरको तयारी गरिरहेका उनलाई कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन्। उनले २८ सय ८ मत प्राप्त गरिन्। त्यस्तै नेकपा माओवादीकी उम्मेदवारले १६ सय ३३ मत ल्याइन्। चन्दननाथ नगरपालिकामा २०७४ सालको चुनावमा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल निर्वाचित भएकी थिइन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij