
May 21 2025 | २०८२, जेठ ७ गते
रौतहट। रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीको उम्मेदवार भिखारी यादव विजयी भएका छन् । राजदेवी नगरपालिकामा समाजवादीका तर्फबाट मेयर पदको उम्मेदवार रहेका यादव पूर्वमेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३ सय ४५ मत अन्तरमा हराउँदै विजयी भएका हुन् ।
मेयर पदमा निर्वाचित भएका यादवले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी धिरेन्द्र सिंहले ३ हजार ७ सय ७ मत प्राप्त गरेका छन् ।
यसैगरी उपमेयरमा समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांगे्रसकी अर्चना कुमारी यादवे ३ हजार १४९ मत प्राप्त गरेकी छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij