
May 21 2025 | २०८२, जेठ ७ गते
बारा । गत वैशाख ३० गते बाराका विभिन्न केन्द्रहरूमा रद्द भएको स्थानीय तहको निर्वाचन आज भइरहेको छ । विभिन्न मतदान केन्द्रहरुमा अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन्।
जिल्लाको पचरौता नगरपालिकामा रद्द भएको चारवटा मतदान केन्द्रको मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन्। पचरौता नगरपालिका वडा नम्बर २ स्थित बरगाछी मतदान केन्द्र र श्रीनगर प्रा.वि मतदान केन्द्र तथा वडा नम्बर ४ स्थित नेरामावि बेल्दारीको क र ख गरी चारवटा मतदान केन्द्रमा मतदान भैरहेको छ। मतदानको लागि आज बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij