
May 21 2025 | २०८२, जेठ ७ गते
विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन्। कांग्रेसको उम्मेदर नागेश कोइरालाले प्रमुखमा र उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार प्रमुख पदका उम्मेदवार कोइरालाले एमाले उम्मेदवार सागर थापासँग २ हजार ८ सय १ मत र उपप्रमुख उम्मेदवार एमालेकी कार्कीले जसपा उम्मेदवार अमरेन्द्र यादवसँग ४ हजार ४४ मतको अग्रता बनाएकी छन्। मेयरका उम्मेदवार कोइरालाले ११ हजार ८ सय ७६ मत पाएका छन्। एमाले उम्मेदवार सागर थापाले ९ हजार ७५ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार उमेश यादवले ३९२७ मत पाएका छन्। प्रह्लाद साहले २५३९ मत पाएका छन् ।
एमालेबाट उपप्रमुख उम्मेदवार कार्कीले १० हजार ४ सय २६ मत पाएकी छन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले ६ हजार ३ सय ८२ मत पाएका छन् । राप्रपा उम्मेदवार विन्दाकुमारी लुईटेल आचार्यले ३ हजार ६५ मत पाउँदा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २ हजार १ सय ९९ मत पाएकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij