
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन्।
भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरेको हो।
श्रीवास्तव, १९९३ ब्याचका भारतीय विदेश सेवा, हाल एमईएमा अतिरिक्त सचिवको रूपमा सेवा गरिरहेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij