Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

रामेछापको सुनापतीमा माओवादीको प्यानल नै विजयी

रामेछापको सुनापतीमा माओवादीको प्यानल नै विजयी

  • रामेछाप । रामेछापको सुनापती गाउँपालिका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को उम्मेदवारले प्यानल नै निर्वाचित भएका छन् । माओवादी केन्द्रको अध्यक्षको उम्मेदवार ठुलोकान्छा तामाङ र उपाध्यक्ष गिता विष्टको टिम निर्वाचित भएको हो । 

    images
    images
    images

    निर्वाचित अध्यक्ष तामाङले उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कमान खड्कालाई फराकिलो मतान्तरले पराजित गराएका हुन् । तामाङले ५ हजार ३ सय ९८ मत ल्याउदा खड्काले ४ हजार ८ सय ५१ मत ल्याएका छन् । 

    images

    त्यस्तै उपाध्यक्ष विष्टले ५ हजार ३ सय ५७ मत ल्याएर विजयी भएकी छन् । सुनापतीको वडा नम्बर १ का अध्यक्ष कांग्रेसका ध्रुव चौलागाईं निर्वाचित भएपनि अन्य सदस्यहरु र वडाहरु सबैमा माओवादीका उम्मेदवार विजयी भएका छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij