Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

रामेछापको गोकुलगंगा गाउँपालिकामा बहुमत वडासहित कांग्रेस विजयी

रामेछापको गोकुलगंगा गाउँपालिकामा बहुमत वडासहित कांग्रेस विजयी

  • रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसका काजीबहादुर खड्का र उपाध्यक्षमा उषादेवी कार्की निर्वाचित भएका हुन्।

    images
    images
    images


    कांग्रेसका खड्काले ६ हजार ९३ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७ सय १० मत ल्याए। उपाध्यक्षमा कांग्रेसकी कार्कीले ५ हजार २ सय ५३ मत ल्याएर जित्दा उनका प्रतिद्वन्द्वी एमालेकी राधिका श्रेष्ठले ४ हजार ६ सय ८६ मत प्राप्त गरिन्।

    images

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकुलगंगा गाउँपालिकामा एमालेबाट खड्ग सुनुवार र राधिका श्रेष्ठ निर्वाचित भएका थिए। गाउँपालिको अध्यक्ष र उपाध्यक्षसहित वडा नम्बर १, २,४ र ६ नम्बर वडाको अध्यक्ष कांग्रेसले जितेका छन् ।  गाउँपालिकामा जम्मा ६ वटा वडा रहेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij