
May 21 2025 | २०८२, जेठ ७ गते
रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जनककुमार वाठा निर्वाचित भएका छन्। वाठा ४ हजार ४ सय ५५ मत ल्याउँदै गाउँपाालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत ल्याए । उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसी निर्वाचित भइन्। केसीले ४ हजार ५ सय ६० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेस उपाध्यक्ष नन्दाकुमारी केसी नाथले ४ हजार १ सय ६० मत ल्याइन्।
१० वटा वडा रहेको बाँफिकोट गाउँपालिकामा ८ वटामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् भने २ वडामा कांग्रेस विजयी भएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij