
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानको शौचालयमा लुकाएरसुन तस्करी गर्ने कर्मचारीसहित ५ जना पक्राउ परेको छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी भीम अवाले , सुपरभाइजर तारकान्त चौधरी र सुमन तामाङ, रहेका छन् । एसएसपी ढकालका अनुसार उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोजेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij