Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आज र भोलि उम्मेदवारी दर्ता

आज र भोलि उम्मेदवारी दर्ता

  • काठमाडाैँ ।  निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आज आइतबार र भोलि सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ । आयोगले ७ सय ५३ वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार कार्यालय समयभित्र उम्मेदवारको मनोनयन दर्ता हुने जनाएको हो ।

    images
    images
    images

    आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार र सोमबार दुई दिन कार्यालय समयभित्र उम्मेदवारको मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको जानकारी दिए ।

    आयोगले शनिबार विज्ञप्तिसमेत जारी गर्दै तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्न देशभरका निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगले विज्ञप्तिमार्फत आइतबार बिहान १० बजेदेखि सोमबार अपराह्न ५ बजेसम्म कार्यालय समयमा उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।

    केही निर्वाचन अधिकृतले दलगत आधारमा उम्मेदवारी दर्ता गर्नुपर्ने भनी निर्णय गरेको हल्ला फैलिएको भन्दै आयोगले त्यसरी समय नतोक्नसमेत निर्देशन दिएको छ ।


    आयोगले उपलब्ध गराएको समयभित्र मनोनयन दर्ता कार्यलाई सुव्यवस्थित शान्तिपूर्ण ढंगले सम्पन्न हुने गरी सहयोग पु¥याउन तथा कानुनबमोजिम योग्यता पुगेका सबै नागरिकलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकारमाथि कहीँकतैबाट अवरोध आउन नदिन सम्बन्धित सबैलाई आग्रहसमेत गरेको छ ।

    आयोगले विगतको स्थानीय तहको निर्वाचनमा एक दिन मात्र उम्मेदवारको मनोनयनका लागि समय राख्दा असहज अवस्था बनेका कारण यसपटक दुई दिनका लागि उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको पनि प्रस्ट पारेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij