
May 20 2025 | २०८२, जेठ ६ गते
रामेछाप । रामेछापमा सत्ता गठबन्धनले कांग्रेस बाहेकको चुनावी तालमेल गरेर जाने तयारी गरेको छ । रामेछापमा कांग्रेसले चुनावी तालमेल गरेर जान नसकिने बताएपछि सत्ता गठबन्धनमा आवद्ध अन्य दलहरु तालमेल गरेर जाने तयारी गरिरहेको जनता समाजवादी पार्टीको संघीय परिषदका केन्द्रीय सदस्य रोज बहादुर मोक्तानले जानकारी दिए ।
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले अन्य दललको प्रस्तावलाई नसुन्ने र आफ्नो अडान कायम राख्दा बुधबार राती अबेरसम्म बसेको बैठकपछि कांग्रेस आधिकारिक रुपमा बाहिरिएको मोक्तानले बताए । उनले कांग्रेसले आफूहरुको प्रस्तावलाई वेवास्था गरेर र गठबन्धनको मर्मसम्म बुझ्न नसकको बताए ।
बिहीबार नै सत्ता गठबन्धनमा आवद्ध अन्य दलहरु छलफल गरेर कांग्रेस बाहेकका सत्ता गठबन्धन दलहरुबीच छलफल गरेर जान गरेको मोक्तानले बताए । उनले यसक्रममा कांग्रेस आएपनि सहभागी गराएर जाने बताए । अब रामेछापमा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) र जसपाको तालमेल हुने भएको छ ।
मोक्तानका अनुसार कांग्रेसले २३ वटा वडाको टिकट बाँडिसकेको र अब गठबन्धन गरेर जान नसकिने कांग्रेसमा सभापति पूर्णबहादुर तामाङले बैठकमा राखेका थिए । गठबन्धन दलका नेताहरुले धेरै आग्रह गर्दा पनि कांग्रेसले दम्भ देखाएको मोक्तानले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij