
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । सत्ता गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डा टुंग्याएसंगै अब संयुक्त चुनावी प्रचार समिति बनाएर जाने तयारी गरेको छ । सत्ता गठबन्धन दलको स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिले अब निर्वाचन प्रचार समिति बनाएर अघि बढ्न बैठक बोलाएको जनाएकाे छ ।
सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा मिलाएपनि जिल्लाका नेतृत्वहरुले अहिलेसम्म अधिकांश जिल्लामा भागबण्डा मिलाउन सकेको छैन । केन्द्रले मिलाएर पठाएको महानगर र उपमहानगरमा कांग्रेसका कार्यकर्ताहरुले विरोध गरिरहेको छ ।
कांग्रेसका पोखरा महानगरले आफूले मेयर नपाएको भन्दै जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ । भने जनकपुरधाम उपमहानगरले सभापति देउवाविरुद्ध नारावाजी गरेका छन् ।
कार्यकर्ताले तल आन्दोलन गरिरहेको भएपनि आज बैठक बसेर प्रचार समिति मार्फत् तल्लो तहसम्म गठबन्धनको उम्मेदवार जिताउन प्रचार समिति बनाउने तयारी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij