
May 20 2025 | २०८२, जेठ ६ गते
भैरहवा । नेपाली कांग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवले पार्टी परित्याग गरेका छन् ।सिद्धार्थनगर नगरपालिकाको मेयरसमेत यादवले राजीनामा दिएका छन् । ४० वर्षदेखि कांग्रेसमा आबद्ध रहेका उनले मेयरमा टिकट नपाउने भएपछि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
यादवले राजीनामा पत्रमा मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि एकजनाको मात्र नाम सिफारिस गरिएकोमा उनले आपत्ति जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij