
Apr 30 2025 | २०८२, वैशाख १७ गते
९ जनालाई नगद १ लाख १३ हजार ३ सय ५५ रुपैयाँ र ४ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर । ललितपुर महानगरपालिका–१४ थसिखेलस्थित उत्तर बहादुर कार्कीको महालक्ष्मी अटो वर्कसपमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय रामकुमार महतलगायत ९ जनालाई नगद १ लाख १३ हजार ३ सय ५५ रुपैयाँ र ४ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरुलाई नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij