Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

ललितपुर महानगरमा वडाको भागबण्डा गर्न गठबन्धन बैठक बस्दै

ललितपुर महानगरमा वडाको भागबण्डा गर्न गठबन्धन बैठक बस्दै

  • ललितपुर । सत्ता गठबन्धनको केन्द्रबाट महानगरको मेयर र उपमेयरको टुंगो लागेसँगै ललितपुर महानगरले वडाको भागबण्डाको लागि बैठक बोलाएको छ ।  बुधबार ११ बजेको लागि महानगरमा गठबन्धनको बैठक बोलाइएको गठबन्धन दलका एक नेताले जानकारी दिए । 

    images
    images
    images

    केन्द्रले महानगरको मेयर कांग्रेस र उपमेयर माओवादीले लड्ने गरी टुंग्याएर पठाएको छ । त्यही अनुसार अब वडाको पनि भागबण्डा गर्नको लागि गठबन्धनको बैठक बोलाएको छ । ललितपुर महानगरमा २९ वडा रहेको छ ।  महानगर भित्र साविक जितेको वडा आफूले लिने र एमालेबाट जितेको वडामा बाँडफाँट हुने प्रारम्भिक छलफल भएको छ । 

    वडाको विषयमा कसरी भागबण्डा गर्ने भन्ने विषय ठोस रुपमा निर्णय गर्न आज महानगरभित्र रहेको गठबन्धन दलबीच छलफल गर्न बैठक बोलाइएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij