
May 20 2025 | २०८२, जेठ ६ गते
सुर्खेत । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आगामी निर्वाचनमा एमालेले राम्रो निर्वाचन ल्याउने बताएका छन् । सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पार्टी विभाजनका बाबजुद पनि आगामी निर्वाचनमा एमालेले राम्रो स्थान हासिल गर्ने विश्लेषण उनले सुनाए।रौतहट जिल्लाबाट चार मेयर, ६ उपमेयर र ३६ वडाअध्यक्ष एमालेमा आएको उदाहरण दिँदै उनले यस्तो अवस्था अन्य जिल्लामा पनि रहेको दाबी गरे। अन्य दलबाट एमालेमा प्रवेश गरेका, परिचित चुनाव चिह्न र थपिएका ३५ लाख नयाँ मतदाताको आकर्षणका कारण एमाले सुविधाजनक स्थितिमा रहेको उनको भनाइ छ।
अहिलेको सत्ता गठबन्धनले चुनावमा एमालेलाई असर नगर्ने रिजालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij