
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । ११ उपमहानगरपालिकाको छिनोफानो गर्न बसेको मंगलबारको सत्ता गठबन्धनले उपमहानगरको टिकट बाँडफाँटको विषयमा टुंगोमा पुग्न सकेको छैन । मंगलबार साँझ बसेको गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा उपमहानगरपालिकाको भागबण्डा लगभग मिलिसके पनि जनकपुरमा नेपाली कांग्रेस र जनता समाजवादीले दाबी नछोडेपछि कुरा मिल्न सकेको छैन ।
११ वटा उपमहानगरमध्ये ७ वटा उपमहानगरपालिका कांग्रेसलाई दिँदा पनि फेरि जनकपुरमा कांग्रेसले दाबी नछाडेपछि सहमति हुन नसकेको हो ।
यसअघि कांग्रेसलाई ६, माओवादी केन्द्रलाई ३ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक–एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गर्ने भनिएको थियो । तर, पोखरा महानगरपालिका छोडेबापत कांग्रेसलाई ७ उपमहानगर दिँदा पनि फेरि जनकपुरमा दाबी नछाडेपछि समहति हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए ।
कांग्रेस नेताहरुले मधेशका मुख्य सहर वीरगञ्ज र जनकपुरमध्ये एउटा आफूले पाउनुपर्ने बताएपछि फेरि सहमति भाँडिएको बैठक हो ।
घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर माओवादीले पाउने गरी सहमतिको मस्यौदा बनेको छ । यस्तै हेटौंडा उपमहागरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ भने जनकपुरमा जसपा र नेपाली कांग्रेसको दाबी यथावत् छ ।
पारम्भिक सहमति अनुसार इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीको मेयरमा कांग्रेसले गठबन्धनको तर्फबाट प्रतिष्पर्धा गर्ने छ । यद्यपि छलफलका क्रममा उपमहानगरको भागबण्डा फेरबदल हुन पनि सक्ने गठबन्धन स्रोतको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij