Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

प्रचण्डलाई दबाब दिँदै नेताहरुले भने, ‘एउटा मात्र महानगर हो भने ४ वटा उपमहानगर चाहिँन्छ’

प्रचण्डलाई दबाब दिँदै नेताहरुले भने, ‘एउटा मात्र महानगर हो भने ४ वटा उपमहानगर चाहिँन्छ’

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुले  माओवादीले एउटा मात्र महानगर पाउने भए ४ वटा उपमहानगरपालिकाको नेतृत्वमा दाबी गर्नु पर्ने बताएका छन् । आज पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्ने क्रममा नेताहरुले आफूहरुले एउटा मात्र महानगर पाउने भए ४ वटा उपमहानगर चाहिँने धारणा राखेका हुन् । 

    images
    images
    images

    स्थानीय चुनावबारे छलफल गर्न आज आयोजित केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले चार उपमहानगरको दाबीमा लचक नहुन अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । प्रचण्डले अहिले हामीले एउटा मात्र महानगरमा चित्त बुझाउनु पर्ने अवस्था भयो भनेर नेताहरुलाई भनेपछि बैठकमा सहभागी नेताहरुले प्रचण्ड ४ वटा उपमहानगरमा पार्टीले दाबी नछाड्न दबाब दिएका थिए । 

    images

    उनीहरुले महानगरमा एकवटामा मात्रै चित्त्त बुझाएर जाने स्थिति सिर्जना भयो भएपछि यसको क्षतिपूर्तिस्वरुप चारवटा उपमहानगरमा जोड दिएर जानुपर्नेमा नेताहरुले प्रचण्डलाई दबाब दिएका छन् । माओवादीले गठबन्धनको बैठकमा जितपुर–सिमरा, घोराही, धरान र हेटौंडा उपमहानगरको प्रमुख आफूले पाउनुपर्ने माग गरेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij