Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

ओलीले मेयरको टिकट दिन्छु भनेपछि साहले छाडे लोसपा

ओलीले मेयरको टिकट दिन्छु भनेपछि साहले छाडे लोसपा

  • ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेयरको टिकेट दिने भनेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले लोसपा छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन्।

    images
    images
    images

    ओलीले आज बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन्। ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता जनाएका छन्।

    images

    साह जनकपुरधामको मेयर उठ्ने तयारीमा छन्। उनले केही समयअघि उपमहानगरका ५ ठाउँमा सम्पर्क कार्यालय नै खोलेका थिए। उनले मेयर उठ्ने घोषणा गरिसकेका छन्।

    images

    यसअघि जनकपुरधाम उपमहानगरमा एमालेले मेयरका लागि शिवशंकर साहको नाम सिफारिस गरेको थियो। तर उनलाई पछि हटाएर जानकीरामलाई मेयरको टिकट दिने तयारीमा एमाले रहेको स्रोतको दाबी छ।

    जानकीराम लोसपाबाट मेयरको टिकट नपाउने भएपछि एमाले प्रवेश गरेका छन्। उनी लोसपामा शरतसिंह भण्डारीनिकट थिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij