Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

कांग्रेसको कारण गठबन्धन बैठक सर्‍यो

कांग्रेसको कारण गठबन्धन बैठक सर्‍यो

  • काठकाडौं । मंगलबार ११ बजे बस्ने तय भएको गठबन्धन बैठक कांग्रेसको कारण सरेको छ । महानगर र उपमहानगरमा सिट बाँडफाँट मिलाउन साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक कांग्रेसले समय मागेपछि २ बजेको लागि सरेको छ । 

    images
    images
    images

    गठबन्धन दलका नेताहरुका अनुसार नेपाली कांंग्रेसले समय मागेकाले साढे ११ बजेका लागि तय भएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो। गठबन्धन दलबीच मोटामोटी भागबण्डाको विषय टुंगिएको छ ।  तर, पोखरा महानगरमा कांग्रेस र समाजवादीबीच सहमति नहुँदा समस्या पैदा भएको छ । 

    images

    सोमबार २ पटक बसेको गठबन्धन बैठकमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दाबी नछोडेपछि सहमति हुन सकेको थिएन।  यसैबीच नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुुर देउवाले कांग्रेस कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन्। 

    images

    देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई काठमाडौं बोलाएका हुन्। बराल नेतृत्वको टोली काठमाडौं आइ पुग्दै छ। उनीहरुसँग छलफल गरेपछि गठबन्धनमा छलफल गरेर सहमति जुटाउने प्रयास भएको देउवा निकट स्रोतले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij