
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । सबैभन्दा बढी मतदाता भएको प्रदेशमा बागमती पहिलोच रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा भएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मधेस प्रदेशमा २९ वैशाख २०७९ सम्म १८ वर्ष पूरा गर्ने जनसंख्या ३४ लाख १२ हजार ८६९ पुग्नेछ।
यीमध्ये १७ लाख ४ हजार ८९८ पुरुष र १७ लाख ७ हजार ९४२ महिला छन् । त्यस्तै, बागमती प्रदेशमा २९ अन्य लिङ्गका मतदाता छन् । बागमती प्रदेशमा १ हजार ७९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र रहनेछन् ।
यो निर्वाचनमा सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ मतदाता रहेका छन्। यीमध्ये ५ लाख ६ हजार १८० पुरुष, ४ लाख ९५ हजार ९९ महिला र ३ जना अन्य रहेका छन्। कर्णालीमा ९०७ मतदान स्थल र १ हजार ३८५ मतदान केन्द्र रहने छन्।
स्थानीय निर्वाचनमा यसपटक सबैभन्दा बढी मतदान केन्द्र मधेस प्रदेशमा रहनेछन्। आयोगका अनुसार स्थानीय निर्वाचनमा यसपटक मधेसमा २ हजार १६३ मतदान स्थल र ४ हजार १८९ मतदान केन्द्र रहनेछन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij