
May 20 2025 | २०८२, जेठ ६ गते
काठकमडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गरे देश दुर्घटनामा जाने चेतावनी दिएका छन् । तोकिएकै समयमा निर्वाचन हुनुपर्ने उनले बताए ।
शनिबार जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरणलाई सम्बोधन गर्दै थपलियाले निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने बताउँदै उनले आचारसंहितको उल्लंघन नगर्न आग्रह गरे । ‘निर्वाचन आचारसंहिताको उलंघन गर्नेलाई कारवाही हुन्छ’, ‘केहीसँग स्पष्टीकरण समेत सोधिसकिएको छ ।’
प्रमुख आयुक्त थपलियाले कुनै तरिकाले निर्वाचन सार्ने काम गरिए दुर्घटना निम्तिन सक्ने र लोकतन्त्रका निम्ति अप्रिय हुन सक्ने समेत बताए । उनले निर्वाचनको तयारी भइरहँदा निर्वाचन प्रती संशय उत्पन्न हुने किसिमको अभिव्यक्ति आउनु दुःखद भएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij