
May 20 2025 | २०८२, जेठ ६ गते
जनकपुरधाम । जनकपुरमा नेपाली कांग्रसले स्थानीय तहमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रमा तालमेल गर्ने निर्णय भए पनि जनकपुरमा नेपाली कांग्रेसले एक्लै चिवार्ननमा जाने गरेको छ ।
कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने जनाएको छ। एक्लै चुनाव लड्ने तयारी गरिरहेको उपमहानगरपालिका समितिले जनाएको छ ।
२०७४ सालको निर्वाचनमा यहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए।
मेयरमा निर्वाचित साह अहिले जसपामा छन् । र, उनलाई नै पुनः मेयरको उम्मेदबार बनाउन जसपाले लबिङ् गरिरहेको छ। तर, कांग्रेसले लालकिशोर आवद्ध दलमात्र नभई अन्य कुनै दलसँग गठबन्धन नगरी आफैं चुनाव लड्ने बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij