
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
महानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो । सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागवण्डाबारे सहमति भएको छैन ।
यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ, तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न कांग्रेस नेतृत्वमाथि तल्लो कमिटीहरुबाट चर्को दबाव छ। बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij