
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले रेमिट्यान्स लगायत वैदेशिक रोजगारीबाट नागरिकले पठाइरहेको पुँजीलाई च्यानलिङ्ग गरेर उत्पादनमा जोड्ने कार्यक्रम हुनुपर्ने बताएका छन् ।
नेता पौडेलले सामाजिक सञ्जाल ट्विटर मार्फत नागरिकहरुको लगानीमार्फत उत्पादनमा जोडिन सक्नुपर्ने बताएका हुन् ।
‘वैदेशिक सहयोग,ऋण र अनुदान भन्दा प्राथमिकतामा नागरिक मार्फत लगानीको वातावरण निर्माण गर्नुपर्छ । अनुत्पादक क्षेत्रमा बढेको लगानी रोकेर उत्पादनमा जोड्न सक्नुपर्छ । रेमिट्यान्स लगायत वैदेशिक रोजगारीबाट नागरिकले पठाइरहेको पुँजीलाई च्यानलिङ्ग गरेर उत्पादनमा जोड्ने विशेष कार्यक्रम हुनुपर्छ’, नेता पौडेलले ट्विटरमा लेखेका छन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij