
May 20 2025 | २०८२, जेठ ६ गते
ललितपुर । ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेकी छन् । उपप्रमुख सत्यालले आफूले प्रयोग गर्दै आएको बा २ झ ३६८२ नम्बरको सरकारी गाडी चैत ३० गते बुधबार महानगरपालिकालाई फिर्ता गरेकी हुन् ।
उपप्रमुख सत्यालको सवारी चालक हिरेन्द्र महर्जनले महानगरको जिन्सी शाखामा जानकारी गराएर बुधबार नै सवारी साधन फिर्ता गरेको ललितपुर महानगरपालिकाका प्रशासन महाशाखाले जनाएको छ । उनले निर्वाचनमा उम्मेदवारी दर्ता नगरेसम्म उक्त सुविधा प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ। तर, उम्मेदवार नभएको खण्डमा निर्वाचन नभएसम्म गाडी प्रयोग गर्न पाउने व्यवस्था छ । तर, उनले आफूले उम्मेदवार घोषणा गरेसँगै गाडी फिर्ता गरेकी हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij