
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । नेकपा एमाले पोखरा नगर कमिटीले मेयर र उपमेयरको नाम सिफारिस गर्न मतदान गर्ने तयारी गरेको छ । ३० वैशाखमा हुने स्थानीय चुनावका लागि पार्टीबाट मेयर र उपमेयर पदमा आकांक्षी धेरै भएपछि आन्तरिक चुनाव गरेर नाम सिफारिस गर्न लागिएको एमालेले जनाएको छ ।
आज मध्यान्ह १२ बजेदेखि दिउँसो १ बजेसम्म मतदानका लागि समय दिइएको छ। इच्छुकले उम्मेदवारी दिँदा दस्तुर ३ हजार लाग्नेछ।
निर्वाचन कार्यतालिका नै बनाएर एमाले नगर कमिटीले मतदान गर्न लागेको हो। बिहीबार अपरान्ह ५ बजेदेखि निर्वाचन प्रक्रिया सुरू गरिएको थियो। आज उम्मेदवारको मनोनयन र मतदान हुनेछ। एमालेले धेरै आकांक्षी भएका ठाउँमा मतदानबाट उम्मेदवार छान्दै आएको छ।
धेरै मत ल्याउनेहरूको नाम मेयर र उपमेयरमा सिफारिस गर्ने तयारी छ। नगर कमिटीले जिल्ला, जिल्लाबाट रायसहित प्रदेशमा र त्यहाँबाट केन्द्रमा नाम सिफारिस भएपछि केन्द्रले महानगरका हकमा उम्मेदवार तय गर्नेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij