
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । बालुवाटारमा देउवासँग उनीहरूको भेटवार्ता जारी छ। भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन्।
पार्टीलाई चुनावमा सहभागी हुने वातावरण तयार गर्न विप्लव नेकपाले माग गर्दै आएको थियो। सोही विषयमा छलफलका लागि महासचिव र प्रवक्ता बालुवाटार पुगेको नेकपा स्रोतले जानकारी दिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij