Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

मेयर र उपमेयर छान्न एमालेमा आन्तरिक मतदान

मेयर र उपमेयर छान्न एमालेमा आन्तरिक मतदान

  • काठमाडौं । आगामी बैशाख ३० हुने स्थानीय निर्वाचनका लागि  पोखरा महानगरको मेयर र उपमेयरको उम्मेदवार छान्न एमालेले  आन्तरिक मतदान गर्ने भएको छ ।  सर्वसम्मत  रुपमा उम्मेदवार  छान्न नसकेपछि मतदानबाट टुंग्याउन लागिएको हो । यहाँको मेयरमा १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका छन् ।

    images
    images
    images

    जस अन्तरगत मेयरमा प्रदेश सांसदहरू कृष्ण थापा र राजीव पहारीसहित वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्वअध्यक्ष दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीको नाम सिफारिस भएको छ ।

    images

    उपमेयरमा पत्रकार सुष्मा पौडेल, वडाध्यक्षहरू शोभामोहन पौडेल र जीवन आचार्य, नेताहरू वामदेव ढुंगाना, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, संजीवबहादुर कोइराला, देवका पहारी त्रिपाठी, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादृुर क्षेत्री दावेदार छन् । आज ४ बजेट उनीहरूबीच प्रतिश्पर्धा हुने र मतदानमार्फत टुंगो लगाइने एमाले पोखराले जनाएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij