Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप निस्शुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले सेवाप्रदायकको मनोपोली भएको बताए ।
“वल्र्डकप मेरो पनि चासोको विषय हो । युवाहरूको त झनै चासो छ । तर, ९९९ रुपैयाँ तिनुपर्छ । मनोपोली छ,” उनले भने, “कयौँ मान्छे व्यघ्र हुँदा पनि आफ्नो पहुँच पुर्याउन सकेका छैनन् ।”
उनले सेवा प्रदायकलाई निस्शुल्क गरिदिन आग्रह गरे । “अब त पुग्यो होला नि ! उठाउने जति आम्दानी भइसक्यो होला,” उनले अगाडि थपे, “म नेपाल सरकारलाई आफ्नो टेलिभिजन च्यानलमार्फत निस्शुल्क उपलब्ध गराउन अनुरोध गर्छु ।” टेलिभिजनमा विश्वकप हेर्न ९९९ तिनुपर्छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij