
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । नेकपा माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनमा प्रत्येक जिल्लाको कम्तिमा एक स्थानीय तहमा महिलालाई प्रमुख पदमा उठाउन सर्कुलर जारी गरेको छ । माओवादीले सर्कुलर जारी गरेर प्रत्येक जिल्लामा एक जना महिलालाई प्रमुख र प्रत्येक पालिकाको एक वडामा वडाध्यक्ष महिलालाई उठाउन सर्कुलर जारी गरेको हो ।
महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न माओवादीले यस्तो सर्कुलर जारी गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक विशेष सर्कुलर जारी गर्दै विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन्।
सबै उम्मेदवारहरूको सिफारिस वैशाख ५ गतेभित्र गरिसक्नु पर्ने निर्देशनसमेत सर्कुलरमा छ । माओवादीले उम्मेदवार सिफारिसको विधि र प्रक्रियासमेत तय गरेको छ। महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम माओवादीको प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने छ। केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गर्ने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij