Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आजको राशिफल

आजको राशिफल

  • मेष 
    आज सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।

    images
    images
    images

    वृष 
    बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्त सँग कुराकानी हुनेछ ।

    मिथुन
    आज स्वादिष्ट भोजनको अवसर मिल्नेछ । पराक्रम बढ्नुका साथै धन लाभ हुने  देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

    कर्कट
    आफन्त र मित्रवर्गको सहयोग पाइनेछ । प्राविधिक र स्वास्थ्य विषयमा बढी सफलता मिल्नेछ, तर अनावश्यक हिँडडुल नगरेकै राम्रो ।

    सिंह
    आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा पनि अवरोध आउनसक्छ ।

    कन्या
    आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला ।

    तुला 
    आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । । शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ ।

    वृश्चिक 
    आज रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाइनेछ ।

    धनु 
    स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहन सक्छन् र नियमित खर्चसमेत बढ्नेछ ।

    मकर 
    आज आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ ।

    कुम्भ
    आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

    मीन
     लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij