Logo

Aug 13 2025 | २०८२, साउन २८ गते

Aug 13 2025 | २०८२, साउन २८ गते

प्रदेश सभा बैठक

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

  • काठमाडौँ । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् ।

    images
    images
    images

    मंगलबार प्रदेश सभा बैठकमा बानियाँको विश्वासको मतको प्रस्तावको पक्षमा ६३ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो। त्यस्तै ७ सांसद तटस्थ बसेका थिए ।

    images

    ११० सदस्यीय बागमती प्रदेशमा मतदान प्रक्रियामा ९२ सांसद सहभागी भएका थिए । कांग्रेसमा आन्तरिक विवाद भएपनि अन्तिम समयमा बहादुरसिंह लामा पक्षले विश्वासको मत दिने भएपछि आजको प्रदेश सभाको बैठक शुरु भएको थियो ।

    यसअघि बहादुरसिंह लामाले आफुले पछिल्लो समय मन्त्री बनाएका तीन जनालाई निरन्तरता दिने सर्तमा राजीनामा दिएको भएपनि अहिले बानियाँले सो सहमति पालना नगरेसम्म विश्वासको मत नदिने अडान लिएका थिए ।

    ११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ ।

    images

    त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij