
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिने अन्नपूणमा पदयात्रा गर्ने बाह्य पर्यटकको संख्या बढ्दो रहेको छ। पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।
पछिल्लो समय कोरोनाका कारण बन्ध रहेको पर्यटन व्यवसायी अहिले पदयात्रा गर्ने बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ। दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन्। दुई वर्षसम्म कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै उकासीदो छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढीजसो आउने गरेका छन्।अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij