
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन आज (आइतबार)देखि सुरु हुने भएको छ । ३ दिनसम्म चल्ने सम्मेलन आजदेखि सुरु हुन लागेको हो ।
वैज्ञानिकहरूको सम्मेलन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको हो । परिषद्ले कोभिड १९ को महामारीका कारण विगतका दुईवटा सम्मेलन अनलाइनमा भए पनि यो पटक भौतिक रूपमै भएको छ ।
सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गर्ने र विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा.टेड्रोस अधोनम घेब्रेयससले अनलाइनबाट सम्बोधन गर्ने परिषद्ले जनएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij