
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । उनी बारको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह तर्फबाट अध्यक्षका उम्मेदवार हुन्।
बिहीबार बिहानसम्म २५ केन्द्रको ३ हजार २ सय ३ मत गणना गर्दा घिमिरेका पक्षमा १ हजार ९ सय ९० मत प्राप्त भएको छ।
उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले १हजार ४ मत प्राप्त गरेका छन्। नेपाल बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म २५ केन्द्रको मतगणना सम्पन्न भएको छ। छ स्थानमा गणना भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij