
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । पछिल्लो समय विदेश जानेको संख्या ह्वातै पढ्न थालेको छ । वैदेशिक अध्ययन अनुमति पत्र शाखा केशरमहलका अनुसार पछिल्लो ती महिनामा मात्र ३५ हजारभन्दा बढीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।
केशरमहलका अनुसार ३५ हजार ७५४ जनाले उच्च शिक्षा अध्ययनका लागि एनओसी लिएको छन् ।
शाखाका अनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म विभिन्न देशमा विद्यावारिधि तथा एमफिलका लागि ५८ जना, स्नातकोत्तर तहको लागि ३ हजार ४ सय ४१ जना र स्नातक तह ब्याचलर) अध्ययनका लागि ६ हजार ९४ जनाले अध्ययन अनुमति पत्र लगेका छन् ।
त्यस्तैगरी डिप्लोमा ८ हजार ६ सय १०, भाषा पढ्न जानेहरु (कुनै देशहरुमा भाषिक कोर्ष पुरा गरेपछि मात्रै शैक्षिक कोर्ष पढ्ने पाउने व्यवस्था भएका देशहरुमा जाने) ६ हजार ६ सय ४ छन् भने विभिन्न विषयहरु अध्ययन गर्न जानेहरु १० हजार ९ सय ४७ जना छन्।
वैदेशिक रोजगारी अध्ययनका लागि जानेहरु मध्ये सबैभन्दा बढी अष्ट्रेलिया गएका छन्। २३ हजार ७ सय ६९ जना अस्ट्रेलिया, जापान ६ हजार ४८९, क्यानडा १ हजार ३८३, युके ६११, भारत १ हजार ३४८, युएसए ३७४ दक्षिण कोरिया ४४०, थाइल्यान्ड ६२ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij