Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

गोदावरीको मेयरमा फेरि गजेन्द्रको चर्चा

गोदावरीको मेयरमा फेरि गजेन्द्रको चर्चा

  • ललितपुर । गोदावरी नरपालिकाका मेयर गजेन्द्र महर्जनले फेरि मेयरमा उठ्ने घोषणा गरेका छन् । लतितपुरको ठेचोका स्थानीय वासिन्दा महर्जन गत स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा विजयी भएका हुन् । नेपाली कांग्रेसका नेता महर्जन फेरि गोदावरीको मेयरमा उठ्ने भएका छन् । 

    images
    images
    images

    ३० वर्षदेखि राजनीतिमा सक्रिए महर्जन उमेरले ४६ वर्ष भएका छन्। २ पटक नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. ३ को क्षेत्रीय सभापति भएर काम गरिसकेका महर्जन अहिले ललितपुर जिल्लाको उपसभापति हुन् । उनी युवा अवस्थादेखिनै राजनीतिमा सक्रिय छन् । 

    images

    सबैको साथ, जनताको चाहना र पार्टीबाट पनि साथ सहयोगको रुपमा हौसला दिएकोले फेरि नगरप्रमुखमा उठ्न आफूलाई प्रोत्साहन मिलेको महर्जनले बताए । उनले आफूले ५ वर्षमा गर्न नसकेको जनताको आकांक्षा पूरा गर्न फेरि मेयरमा उम्मेदवारीको घोषण गरेको बताए । 
     
    पुनः नगरप्रमुख भएमा ५ वर्षको कार्यकालको बाँकी काम पुरा गर्ने, सडक बनाउने, शिक्षा, स्वास्थ्यमा सहज र सेवा मुलकका साथ साझा रुपमा जाने र पूर्वाधारका बाँकी कामहरूलाई विकास गर्ने उनले बताए । उनले गोदावरीलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय विविधता युक्त अथाह संभावनालाई सुन्दर बनाउनमा जोड दिने पनि बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij