Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

भरतपुरमा माओवादीको दाबीले कांग्रेसमा हंगामा, नेतृत्वको ध्यानाकर्षण गराउन काठमाडौं जाने

भरतपुरमा माओवादीको दाबीले कांग्रेसमा हंगामा, नेतृत्वको ध्यानाकर्षण गराउन काठमाडौं जाने

  • चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादीले मेयरको दाबी रहेको बताएपछि कांग्रेसभित्र हंगामा पैदा भएको छ । हालै गृहजिल्ला चितवन आएका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मेयरमा आफूहरुको दाबी रहेको बताएपछि कांग्रेस चितवनमा हंगामा सुरु भएको छ । 

    images
    images
    images

    अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसले माओवादीलाई सहयोग गरेको र यो पटक माओवादीले कांग्रेसलाई छाड्नु पर्ने भन्दै कांग्रेसले कुनै हालमा मेयर नछाड्ने नीति लिएको बेला माओवादीले फेरि मेयर दाबी गरेपछि केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउन चितवन कांग्रेसका पदाधिकारीहरु काठमाडौंमा जाने तयारी गरेको छ । 

    images

    चितवनको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, जिल्लाका सांसद र जिल्ला सभापतिसहितको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं जान लागेको हो।

    चितवन कांग्रेसका सभापति राजेश्वर खनालले भरतपुर महानगरमा कांग्रेसले मेयरको दाबी नछोड्ने बताउँदै आएका छन् । अघिल्लो पटक कांग्रेसले माओवादीलाई सघाएकाले अब माओवादीले कांग्रेसलाई सघाउनु पर्ने कांग्रेसको धारणा छ ।

    २०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा माओवादीले मेयर र कांग्रेसले उपमेयर उम्मेदवार बनाएर तालमेल गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij