
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी तथा नेपाल सुशासन पार्टीका संयोजक रमेश खरेलले काठमाडौँ महानगरपालिको मेयरमा चुनावमा उमेदवारी दिने बताएका छन् ।
पार्टीले निर्णय गरे आफू मैदानमा उत्रिन तयार रहेको उनले बताए । खरेल पछिल्लो समय देशका विभिन्न क्षेत्र पुगिरहेका छन् ।आफूलाई भष्ट्राचार विरोधी अभियान्ताका रुपमा चिनाउन रुचाउने खरेलले पछिल्लो समय पार्टी निर्माण गरेका थिए ।
आफूलाई प्रहरीको आईजीपी नबनाइएपछि उनले डीआईजी पदबाट राजीनामा दिएका थिए । खरेल काठमाडौँको सिफलमा बस्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij